नेभिगेशन
जीवनयापन

गौतम बुद्धका केही अमर वाणीहरु

१. जो व्यक्ति आफ्नो वर्तमान अवस्थाप्रति विचार पुर्‍याउँदैन, बरु यस्तो सोच्दछ कि अन्त्यमा मुक्ति त भइहाल्नेछ । पुरुषार्थ गर्ने बारेमा कुनै ध्यान दिँदैन, ऊ मृत्युको चक्रबाट कहिल्यै उम्कन सक्दैन । २. हामी जे छौं, त्यो सबै हाम्रो विचारको परिणाम नै हो । यो हाम्रो विचारमा आधारित छ । आफ्नै विचारबाट निर्मित छ । यदि खराब विचारले कोही बोल्दछ, तब अवश्य दुःख भोग्दछ । यदि पवित्र विचारले केही बोल्दछ वा गर्दछ, तब उसले सुख पाउँछ । यसैले विचार ज्यादै महत्वपूर्ण छ । ३. चार आर्य सत्य छन्, पहिलो ‘दुःख’ हो । दोस्रो दुःखको कारण हो । तेस्रो दुःखको निदान हो । चौथो त्यो मार्ग हो, जसबाट दुःखको निदान हुन्छ । ४. यदि व्यक्तिले पाप कर्म गरिहालेमा पनि त्यसलाई पुनः नदोहो¥याओस्, नलुकाओस् र त्यसैमा लिन नबनोस् । पापको सञ्चय नै सबै दुःखको मूल कारण हो । ५. गुरु र वृद्धजनको सेवा गर्नु, अज्ञानीसँग सम्पर्क नगर्नु र स्वध्याय गर्नु दुःखबाट मुक्त हुने उपाय हुन् । ६. समस्त मानव जाति दुःखी छन् । जन्म पनि दुःख हो, प्रिय वियोग पनि दुःख हो, अप्रिय मिलन पनि दुःख हो, मृत्यु पनि दुःख हो र इच्छित वस्तुको अप्राप्ति पनि दुःख हो । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्