नेभिगेशन
जीवनयापन

प्रश्न सोध्ने बानीले सफल हुन मद्दत गर्छ

मेधावी मानिस पहिला सोध्छ, ‘वास्तवमा समस्या के हो ? पहिलो कुरा त के हो भने यो समस्या किन छ ? फेरि ऊ सोध्छ, यो समस्याको आदर्श हल के हुनेछ ? र हामीलाई यो समस्याको हल खोज्नलाई के कुराले रोकिरहेको छ । उनीहरु सोध्छन्ः आखिर परिस्थिति यस्तो किन छ ? यो कसरी भयो ? यसको कारण के हो ? यो पहिलो पटक कहिले र कहाँ भयो ? यसमा को को लागेका छन् ? यो समस्याको हल गर्नको लागि विभिन्न तरिका किन छ ? सबै कुरामा विचार गर्ने हो भने यी विभिन्न तरिकामध्ये कुन हल सबैभन्दा धेरै स्वीकार्य लाग्छ ? प्रश्न सोध्ने बित्तिकै दिमागको ढोका खुल्न थाल्छ । यसले तपाईंको रचनात्मकतालाई बढाउँदै तपाईंको विचारशक्तिलाई सक्रिय गरिदिन्छ । प्रश्न सोधेर तपाईं कुनै समस्या धेरै राम्रो तरिकाले हल गर्ने र कुनै उपयोगी फैसलामा पुग्नमा सफल हुनुहुन्छ । साभारः ‘सोच बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्