नेभिगेशन
जीवनयापन

नियम सबैको लागि होः एक प्रेरक प्रसङ्ग

जवाहरलाल नेहरु एक पटक गुरुकुल महाविद्यालयमा भाषण दिनको लागि गए । रात्री खानापछि उनको सिगरेट पिउने बानी थियो । तर त्यहाँ सिगरेट पिउन छुट थिएन । यसैले यहाँ सिगरेटको कुनै व्यवस्था गरिएको थिएन । तब एउटा स्वयम्सेवकले सिगरेट शहरबाट ल्याउन खोजे तर नेहरुले पर्दैन भनिदिए । तब उनका अंगरक्षकले सिगरेटको बट्टा गोजीबाट निकालेर उनीतिर बढाए । नेहरुले भने, ‘हैन भाइ भइगयो । नियम भनेको नियम हो । चाहे ऊ प्रधानमन्त्री होस् या साधारण मानिस । नियम सबैको लागि हुनुपर्छ । यति भन्दै उनले सिगरेटको बट्टा फर्काइदिए । साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्