नेभिगेशन
जीवनयापन

जार्ज गर्शविनको निरन्तर मेहनतले पाएको सफलता

जार्ज गर्शविन सानैदेखि चित्रकार बन्ने धुनमा थिए । उनको मनले खाएको विषय चित्रकारिता नै थियो । उनकी आमा भने छोरो पियानो बादक भएको देख्न चाहन्थिन् । त्यसैले उनले छोराको लागि पियानो किनेर ल्याइन् । अब आमाको आग्रह मुनाविक ब्रस र रंगमा खेल्ने हात पियानोमा खेल्न थाल्यो । बिस्तारै यसमाथि लगाव बढ्दै गयो । महान संगीतकार बन्ने योजनामा लाग्न थाले । नभन्दै उनी अमेरिकाको सबभन्दा बढी लोकप्रिय संगीतकारमध्ये एक बन्न सफल भए । तपाईंले जुन काममा हात हालिरहनुभएको छ, अब त्यहाँ दिल पनि जोड्ने हो भने सफल व्यक्तित्वको सूचीमा अवश्य पर्नुहुनेछ । साभारः ‘नव सफलता शास्त्र’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्