नेभिगेशन
जीवनयापन

मिटर ब्याज पीडितको समस्या बुझ्न सरकारी कार्यदल सप्तरी पुग्यो

सप्तरी– मिटर ब्याज पीडितको समस्या समाधानको निम्ति सरकारद्वारा गठित कार्यदलले आइतबार सप्तरीका मिटर व्याज पीडितहरूसँग भेटघाट तथा उनीहरूको प्रकृतिगत समस्याबारे जानकारी लिएको छ । मिटर व्याजीविरुद्ध परेको उजुरीबारे बुझ्न कार्यदलका संयोजक डा।भीष्म कुमार भुसाल नेतृत्वको टोली सप्तरी आएको हो । कार्यक्रममा डा। भुसालले देशैभरका मिटर ब्याज पीडितको वास्तविक समस्या र पीडालाई मिडियाले उजागर गरेका कारण सरकारले गम्भीरतापूर्वक यसको जरासम्म गई समस्या समाधानका लागि कार्यदल गठन गरेका बताए। मिटर व्याजीविरुद्ध स्थानीय सरकार, बैंकिङ्ग क्षेत्र, प्रहरी, पत्रकार सबैसँग सहकार्य गरी तीव्रताको साथ काम गरिराखेको संयोजक डाक्टर भुसालले जानकारी दिए । जिल्लाका १८ मध्ये १७ स्थानीय तहमा मिटर व्याजीविरुद्ध १ सय १४ वटा उजुरी परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कार्यदललाई जानकारी गराए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्