नेभिगेशन
जीवनयापन

सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आजपनि निष्कर्षबिहिन

काठमाडौँ–  सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आजपनि ठोस निष्कर्षबिना सकिएको छ । बैठकमा सिट संख्यामा सहमति नभएपछि बैठक निष्कर्षमा पुग्न असफल भएको हो । तर, कार्यदलका सदस्यहरूबीच बैठकमा दलहरूबाट आएका दाबी तथा सुझावहरूबारे शीर्ष नेतृत्वलाई जानकारी गराउने सहमति भएको छ । कार्यदलमा सिट बाँडफाँडको मापदण्डबारे पनि फरकफरक मत रहँदै आएको छ । कांग्रेसले १०० सिटमा दाबी गरेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र)ले ६० सिटमा दाबी गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गर्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्