नेभिगेशन
जीवनयापन

नारायणीमा हाम फालेर एक पुरुष बेपत्ता

चितवन– आज साँझ नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । आज साँझ ५ बजेर ३५ मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित  परिचय नखुलेको अन्दाजी २६ वर्षीय पुरुष हाम फालेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०३–०३प ५९२६ नं. को स्कुटर रोकेर ती पुरुष पुलबाट हाम फालेका थिए । हाम फालेको खबर प्राप्त हुने बित्तिकै वडा प्रहरी कार्यालय नारायणगढको टोलीद्वारा खोजतलास कार्य भइरहेको छ । हालसम्म उनलाई फेला पार्न सकिएको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्