नेभिगेशन
जीवनयापन

काठमाडौंका केही स्थानमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं–काठमाडौंका केही स्थानमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको हो । केन्द्रले बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको र विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन आग्रह गरेको छ । केन्द्रले बाढी बस्ती र सडक किनारसम्मै जान सक्ने भन्दै किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्