नेभिगेशन
जीवनयापन

ईसा मसिहका केही अमर वाणीहरु

१. आफ्नो हृदयको क्षमा, दया र प्रेमको भावनाले आफ्नो अनुहारलाई जति सुन्दर बनाउन सक्छौ, त्यति अन्य कुनै उपायबाट बनाउन सक्दैनौ । २. सियोको प्वालबाट ऊँट छिरेर निस्किन बरु सम्भव होला तर धनी व्यक्ति स्वर्गका द्वारबाट छिरेर भित्र पस्न असम्भव छ । ३. जो व्यक्ति आफ्नो आवश्यकता भन्दा बढी धन राख्छ, त्यो चोर हो । ४. शत्रुसँग प्रेम गर्नु र घृणा गर्नेप्रति सहृदयी हुनुपर्दछ । ५. मनुष्यले एक–अर्काको सेवा गर्नुपर्दछ । यही साँचो ईश्वर सेवा हो । ६. जसले शरीरलाई मार्दछ, परन्तु आत्मालाई मार्न सक्दैन त्यस्तासँग नडराऊ तर जसले आत्मा र शरीर दुवैलाई नर्कमा कष्ट दिन सक्छ त्यस्तासँग डराऊ । ७. यदि कोही मानिस तिर्खाको छ भने उसलाई मेरो नजिक आउन देऊ र पिउन देऊ । म जगत्मा ज्योति बनेर आएको हुँ । ८. आफ्नो प्राणको चिन्ता नगर कि म के खाउँला ? के लगाउँला किनकि भोजन, प्राण र वस्त्रभन्दा ठूलो शरीर हो । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्