नेभिगेशन
जीवनयापन

चुट्किला

कति आनन्द मिल्छ एक व्यापारीले आफ्नो साथीसँग भन्दै थियो— जब मलाई टेन्सन हुन्छ, जस्तो विजनेसको टेन्सन, सरकारी करको टेन्सन, स्वास्नीको टेन्सनले वाक्क हुन्छ, तब म बजार जान्छु र आफ्नो साइजको भन्दा एक नम्बर सानो साइजको जुत्ता किनेर ल्याउँछु अनि हिँडेर घर जान्छु । ‘त्यसले के हुन्छ ?’ साथीले अचम्म मान्दै सोध्यो । व्यापारीः यार साँझमा जब घर पुगेर त्यो जुत्ता खोल्छु त्यसबेला मलाई कति आनन्द मिल्छ त्यो बयान गर्न सक्दिनँ । मलाई यति शान्ति मिल्छ कि त्यति बेला म बिजनेस, सरकारी कर, स्वास्नीको टेन्सन सबै कुरा बिर्सन्छु । अहिले फोकटमा एक व्यक्तिले भन्यो— बहिनी तपाईंले भर्खरै धनी उद्योगपतिसँग विवाह गर्नुभएछ, विवाहभन्दा अघि तपाईं के गर्नुहुन्थ्यो ? युवती बोलिन्— उसैको घरमा भाँडा मोल्थें । त्यसो भ त तपाईं भाग्यमानी हुनुहुँदो रहेछ । के भाग्यमानी हुनु दाइ.... पहिले भाँडा मोलेको महिनाको सात सय आउँथ्यो अहिले फोकटमा गर्नुपर्छ । साभारः ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्