नेभिगेशन
जीवनयापन

एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर चुनावमा जाने

काठमाडौं - नेकपा एमालेले आउँदो निर्वाचनमा पार्टीको तर्फबाट प्रधानमन्त्रीको एकल उम्मेदवारका रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने भएको छ । केन्द्रीय कमिटीको आज (शनिबार) सम्पन्न बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा लिएर चुनावमा जाने निणर्य भएको केन्द्रीय सदस्य ऐन महरले जानकारी दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका छन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूल एमालेले नगर्ने प्रष्टाएका छन् । नेकपा एमाले केन्द्रीय कमिटी बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आज दोस्रो तथा अन्तिम दिन जारी छ । बैठकमा पोलिटब्यूरो बैठकले गरेका निणर्यहरू पेश क्रमैसँग भइरहेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्