नेभिगेशन
जीवनयापन

पहिलो दिन २९ दलको मनोनयन दर्ता

काठमाडौँ– विभिन्न राजनीतिक दलले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ मनोनयन दर्ता सुरु भएको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार पहिलो दिन प्रतिनिधिसभा तर्फ २९ दलको मनोनयन दर्ता भएको हो । यस्तै प्रदेश सभातर्फ प्रदेश १ मा २५ दल, मधेश प्रदेशमा २७ दल, बागमती प्रदेशमा २६ दल, गण्डकी प्रदेशमा २५ दल, लुम्बिनी प्रदेशमा २६ दल, कर्णाली प्रदेशमा २२ दल र सुदुरपश्चिम प्रदेशमा २३ दलको मनोनयन दर्ता भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले रातोपाटीलाई जानकारी दिए । भोली शनिवार र आइतबार २ दिनसम्म समानुपातिकतर्फ राजनीतिक दलको मनोनयन दर्ताको क्रम जारी रहनेछ । आज (शुक्रबार) भएको समानुपातिकतर्फको दलको मनोनयन दर्ताका क्रममा १ नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । आजै नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी लगायत अन्य केही साना राजनीतिक दलहरूको पनि मनोनयन दर्ता भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै