नेभिगेशन
जीवनयापन

विल विजक भन्दा बढी सामान बोकेको ट्रक प्रहरी नियन्त्रणमा

वीरगञ्ज– पर्सा प्रहरीले बिल विजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरू बोकेको ना।२ ख ९००४ नम्बरको मालवाहक ट्रकलाई वीरगन्ज महानगरपालिका १० आदर्शनगर चोकमा गएराति रोकी चेकजाँच गर्दा ट्रकमा विल विजक विनाका विभिन्न किसिमका लत्ताकपडा समेत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले जानकारी दिए । ट्रकसहित कपडा तथा सामानको ४७ लाख २४ हजार ८ सय ९० रुपैयाँ मूल्याङ्कन गरी थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको डिएसपी गिरीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै