नेभिगेशन
जीवनयापन

सासू कुटपिटको घटना बाहिर ल्याउने ११ वर्षीय बालक सम्मानित

अछाम– अछाममा सासूलाई कुटपिट र दुर्व्यवहार गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालक प्रदेश मन्त्रीद्वारा सम्मानित भएका छन् । यही भदौ ७ गते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ स्थित आफ्नै घर कोठामा वर्ष ५३ कि जयसरा न्यौपानेलाई आफ्नै बुहारीले लछारपछार गरी शारीरिक तथा मानसिक रुपमा अपमानजनक र अमानवीय व्यवहार गरेको भिडियो खिचेर घटनाबारे जानकारी बाहिर ल्याउने सोही ठाउँका ११ वर्षीय बालक दीपेन्द्र न्यौपानेलाई कदर स्वरूप सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी कैलाशसिंह विष्टले बताए । बालकले तत्काल घटना नियन्त्रण गर्न नसके पनि घट्नाको भिडियो रेकर्ड गरी समाजमा लुकेर रहेका घर भित्रका हिंसाका घटनाहरू लाई बाहिर ल्याई उजागर गर्नुका साथै कानुनी दायरामा ल्याउनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै ११ वर्षीय न्यौपानेलाई कदर स्वरूप सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा। रण बहादुर रावलले सम्मान गरेका हुन्। एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको प्रहरीले जनाएको छ । सो अवसरमा मन्त्री डाक्टर रावलले समाजको विकास र विकृति नियन्त्रणमा हरेक व्यक्तिको भूमिका हुने भन्दै बालक न्यौपानेको कामको प्रशंसा गरे। बालकलाई मन्त्रीबाट सम्मान पत्र प्रदान गर्नुका साथै जिल्ला प्रहरी कार्यालयको कार्यालय अछामको भवन, ब्यारेक, मेष, र विभिन्न शाखाहरूको निरीक्षण गरिएको छ । हाल कुटपिटमा परेकी सासूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने पीडक २ जनालाई पक्राउ गरि थुनामा राखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै