नेभिगेशन
जीवनयापन

बुहारीद्वारा कुटपिट सासू अस्पताल भर्ना, पीडक प्रहरी नियन्त्रणमा

अछाम– अछाममा बुहारीद्वारा कुटपिट गरिएकी सासूलाई अस्पताल भर्ना गरिएको छ । अछामको पञ्चदेबल विनायक–६ तोली बस्ने जयसरा न्यौपानेलाई जिल्ला अस्पताल भर्ना गरिएको हो । निजकै सहोदर बुहारी धर्मा न्यौपाने र देबिसरा न्यौपानेले कुटपिट गरेर घाइते भएकी जयसरालाई एकद्वार संकट व्यवस्थापन केन्द्रको जिम्मा लगाई बेड भर्ना गरी जिल्ला अस्पताल मङ्गलसेन अछाममा आवश्यक उपचार भइरहेको अछाम प्रहरीका सूचना अधिकारी कैलाशसिंह विष्टले जानकारी दिए । घटना सार्वजनिक हुनासाथ प्रहरीले घटनाबारे अनुसन्धान गरि कुटपिटमा संलग्न बुहारीलाई नियन्त्रणमा लिइसकेको छ । अमानवीय व्यवहार गर्दै सासूमाथि कुटपिट गरेको आरोपमा अछाम प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिँदै लछारपछार गरेको देखिन्छ । स्थानीयका अनुसार मानसिक सन्तुलन ठिक नभएकी न्यौपाने बोल्न सक्दिनन् । उनका श्रीमान्‌ चूडामणि न्यौपाने अपाङ्ग भएको बुझिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै