नेभिगेशन
जीवनयापन

कक्षा १० मा अध्ययनरत किशोरी बलात्कार गरेको आरोप दुई पक्राउ

बैतडी– बलात्कारको आरोपमा बैतडीमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलौली नगरपालिका–५ का ३५ वर्षीय किशोरजोशी र सिगास गाउँपालिका–३ का २७ वर्षीय खगेन्द्र धामी रहेका छन्। जोशी शिक्षक हुन्। उनले कक्षा १० मा अध्ययनरत किशोरीमाथि ट्युशन पढ्न आएका वेला बिहीबार बलात्कार गरेको आरोप लागेको छ। सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीका इन्चार्ज रहेका धामीले गत असारमा स्थानीय महिलालाई करेसाबारीमा लगेर बलात्कार गरेको आरोप छ। पीडित दुवै महिला आफन्तकै संरक्षणमा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए। प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्