नेभिगेशन
जीवनयापन

बहुगुणी पुदिनाका यति धेरै फाइदाहरु

करेसाबारीमा सजिलै उम्रने तथा बिना मलजल पनि सजिलै मौलाउने पुदिनाको सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ । औषधीय गुणले भरिएको पुदिनाको पातमा विभिन्न रोग निवारण गर्ने क्षमता हुन्छ । यसका अरु धेरै लाभहरु पनि छन् : - नरिवलको तेलसँग पुदिना पिसेर मिश्रण बनाई छाती, नाक र घाँटीमा मालिस गरे श्वासप्रश्वासको समस्या हटेर जान्छ । - दमका बिरामीले पुदिनाको पात तातो पानीमा हालेर बाफ लिदा यो अत्यन्तै लाभदायक हुन्छ । - हात, खुट्टा र जोर्नीको दुखाईमा बदामको तेलसँग पुदिनाको केही थोपा मिसाएर मालिस गरे दुखाईबाट आराम मिल्छ । - पुदिनाको ताजा रस दिनको २ पटक छालामा २० मिनेटसम्म लगाई छाड्ने र चिसो पानीले धुनाले छालाको संक्रमण, दाग तथा डण्डीफोर हटेर जान्छ । - गर्मीमा हुने मौसमी एलर्जीबाट बच्न पुदिनाको सेवन तथा यसको लेप लगाउनु उपयोगी हुन्छ । - पुदिनाको पात पिसेर निधारमा लगाएमा टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ । - पुदिनाको पातको धुलोलाई चिनीसँग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ । - पुदिनाको ताजा पातलाई तातोपानीमा उमालेर खाएमा रुघाखोकी निको हुन्छ । - पुदिना र तुलसीको पात पानीमा उमालेर सेवन गर्दा ज्वरो निको हुन्छ । - शरीरमा निको नहुने घाउ छ भने सफा पुदिनाको पात पिसेर लेप लगाउँदा छिटो निको हुन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्