नेभिगेशन
जीवनयापन

स्वतन्त्रताको मूल्य : प्रेरक प्रसङ्ग

यो घटना भारत स्वतन्त्रताभन्दा केही वर्ष अगाडिको हो । उडिसाको ढेन्कानाल जिल्लामा अनगुल नामक एक गाउँ छ । त्यस वेला देशभरि आन्दोलनको लहर चलिरहेको थियो । त्यसै लहरमा ढेन्कानालका जनता त्यहाँका राजाविरुद्ध एकजुट हुनथाले । त्यहाँ प्रजा परिषदको गठनको माग हुनथाल्यो । त्यहाँका राजा अंग्रेजको कठपुतली थियो । आन्दोलनदेखि दिक्क भएर उनले अंग्रेजसँग सहायता मागे । तर अंग्रेजले सहायता दिनुको सातो यस्तो शर्त राखे, आन्दोलन दबिएपछि उनीहरुलाई त्यो राज्य सञ्चालनको जिम्मा सुम्पनु पर्नेछ । राजाले शर्त माने । त्यो दिन अंग्रेजी फौज अनगुल जानको लागि नदीपारि आए । नदीको किनारमा एक १२ वर्षीय केटासँग फौजको एउटा टुकडीका कप्तानले कड्केर भने, ‘एक केटा डुंगा ठीक पार हामीले पारि जानु छ ।’ कप्तानले सोचेको थियो, अरु केटाहरु जसरी ऊ पनि कामेर हुकुम पूरा गर्नेछ, तर त्यो केटाले आज्ञा मानेन र चुपचाप बस्यो । कप्तान छक्क पर्‍यो र रिसाउँदै भन्यो, ‘जा डुंगा ठीक पार ।’ ‘नाई म तिमीहरुलाई लग्दिनँ’, केटाले त्यसैगरी कड्केर जवाफ दियो । कुरा बढी नै भइसक्यो डुंगामा चढ, गोरा कप्तानले सैन्यलाई आदेश दियो । हैन, खबरदार, कोही पनि यो डुंगामा चढ्ने हैन, केटा बहाना लिएर बीचमा उभिरह्यो । एक अंग्रेजी सिपाहीले यसलाई बच्चाको चञ्चलता सम्झेर अगाडि बढ्यो । तब बहानाको चौडा भागले केटोले उसको टाउकोमा हान्यो र उसको टाउको रगतले लतपत भयो । यो दृष्य देखेर रिसले अंग्रेज कप्तान हिंस्रक भयो र उसले पिस्तोल झिकेर हान्यो । यसरी अनगुलको ती साहसी किशोर बाजीराव आफ्नो गाउँको स्वतन्त्रता कायम राख्ने प्रयासमा शहीद भए । साभार : ‘प्रेरक प्रसङ्ग्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्