नेभिगेशन
जीवनयापन

जहिल्यै घरमा खाना फ्याँकिन्छ ? त्यसो भए यसरी गर्नुहोस् बचत

बाँच्नका लागि खाना खाइन्छ, शौख पुरा गर्न होइन । तर आजकल धेरैले खानालाई भोक भन्दा पनि शौख पुरा गर्ने माध्यम बनाएका छन् । नेपाल भोकमरी देशको सूचीमा नपरे पनि हजारौ नेपालीहरु दैनिक भोकै सुत्न बाध्य छन् । बिभिन्न भोजभत्तेर वा दैनिक रुपमा घरमा पकाएको खानाको बचत गर्न नसक्दा नखाएको खाना नष्ट भएर जाने गर्दछ । तर फ्याँकिएर नष्ट हुने खाना बचाउन सके यसले आर्थिक लाभ त छँदैछ, अरु ब्यक्तिको समेत खाना खोसिदैन । आखिर खाना फ्याँकिनबाट कसरी बचाउने त ? यी हुन् खाना बचाउने १० अचुक उपाय - एकै साथ धेरै मात्रामा खाद्य सामाग्री नकिन्ने । - खाना बनाउनु अघि कसले कति खाने हो, सोधेर मात्र बनाउने । - खाना उब्रिएको छ भने त्यसलाई उपयोग गर्ने अवस्थासम्म प्रयोग गर्ने । - खाना ठिक्क वा बरु कम कम खाने बानि बसाउने अपच हुने गरी नखाने । - खाना बनाउनु अघि बचेको खाना छ भने त्यसलाई अड्कलेर मात्र अर्को खाना बनाउने । - जहिले पनि खाना खादा“ यसको मुल्य होइन, मात्रालाई ध्यान दिने । - खाद्य सामाग्रि किन्नु अघि लेखेर लिष्ट बनाएर मात्र किन्ने बानी बसाउने । - छिटो बिग्रने सामग्री चाहिदो मात्रामा मात्र किन्ने । - चामल, पिठो लगायतका सुख्खा सामाग्री हावा लिक नहुने डब्बा वा बोरामा राख्ने । - फलफुल, हरियो साग, तरकारी, माछामासु प्रयोग नहुने अवस्थामा फ्रिजमा राख्ने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्