नेभिगेशन
जीवनयापन

एक्जिमा रोगको घरेलु उपचार

एक्जिमा एक प्रकारको छालाको रोग हो । शरीरको कुनै पनि भागमा फैलिन सक्ने यो रोगले अन्य चर्मरोग भन्दा ज्यादा पीडित पनि गराउँछ । यो समस्या हुनेहरुलाई दम, रुघा र एलर्जी हुने सम्भावना ज्यादा रहने गर्दछ । छाला चिलाउनु, रातो हुनु, जलन हुनु, डाबर र फोका आउनु, छालाबाट पानी बग्नु, खस्रो र बाक्लो हुनु, फुट्नु र घाउ आउनु, घाउबाट बगेको पानीको कारणले घाउ अन्य ठाउँमा पनि सनै र निको हुन बढी समय लाग्नु, शरीरको कुहिना, घुँडा तथा अनुहार र घाँटीमा वा शरीरको कुनै पनि भागमा देखा पर्न सक्छ । यो रोग विशेष गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, शरीरमा विजातीय तत्वहरु जम्नु, ब्याक्टेरिया, भाइरस र ढुसी आदिको संक्रमणको हुनु, धुलो धुवाँ, पराग अथवा विशेष खानाहरुको एलर्जी हुनु, रसायनयुक्त सौन्दर्य सामग्री र कृत्रिम कपडाहरुको ज्यादा प्रयोग गर्नु, जीर्ण कब्जियत हुनु आदि कारणले हुने गर्छ । घरेलु उपचार १. औषधिद्वारा यसको दीर्घकालीन रोकथाम नहुने हुँदा प्राकृतिक चिकित्सा (भोजन, आराम, व्यायाम आदि) द्वारा यसको उपचार गर्नु हितकर मानिन्छ । २. सर्वप्रथम कुन कुन खानाले एलर्जी गराउँछ । त्यो थाहा पाउनको लागि प्लस टेस्ट गर्नु पर्दछ । एलर्जी गराउने खानाको सेवन बन्द गर्नु पर्दछ । ३. क्यामोमाइल, इभिनिङ प्रिमरोज, जेठी मधु, रोजमेरी, इचेनिसिया, सिस्नो, बेसार आदिको प्रयोगले फाइदा गर्छ । ४. बिहानको कलिलो घाममा बस्नु छालाको लागि हितकर हुन्छ । ५. साँझ-बिहान हल्का हावामा टहल्नु पर्दछ । ६. हप्तामा १-२ पल्ट वाष्प स्नान (स्टिम वाथ) गर्नु उपयोगी हुन्छ । ७. नीम पानीले छाला धुने र नीम पानीले एनिमा लिनु उपयुक्त मानिन्छ । ८. साबुन वा अन्य रसायन मिसाइएका पदार्थबाट छालालाई जोगाउनु पर्दछ । ९. छालामा छुने कपडा (विशेष गरी भित्री कपडाहरु) कटनबाट बनेको हुनुपर्दछ । १०. अनुसन्धानबाट पत्ता लागेअनुसार ओमेगा-३ र ओमेगा-६ फ्याटी एसिडले चिलाउने, पाप्रा पर्नेलगायत छालाको समस्यामा राहत पुर्‍याउने गर्दछ । तसर्थ ओमेगा-३ र ओमेगा-६ पाइने खानाहरु नियमित सेगन गर्नु लाभदायक मानिन्छ । साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्