नेभिगेशन
जीवनयापन

चुट्किला : झ्यालबाट तल खसें

चुट्किला : झ्यालबाट तल खसें राति दुई बजे एउटा व्यक्ति लजको रिसेप्सनमा गयो । उसले कुर्ता पाइजामा लगाएको थियो, केश अस्तव्यस्त थियो । ३०२ को चाबी देऊ (उसले रिसेप्सनिष्टसँग भन्यो) रिसेप्सनिष्टले रुमको चावी झुण्ड्याउने बोर्डमा नजर लगायो र भन्यो- सरी सर म तपाईंलाई ३०२ दिन सक्दिनँ ३०५ दिन सक्छु । हैन मलाई ३०२ कै चाबी चाहिन्छ । सर मैले हजुरलाई भनिसकें- तपाईंलाई ३०२ को चावी दिन मिल्दैन ३०२ मा मिस्टर दाहाल बसिसक्नु भएको छ । मलाई थाहा छ, म नै मिस्टर दाहाल हुँ, म भर्खरै झ्यालबाट तल खसें क्या । म त यही भन्छु अभिभावक शिक्षकसँग आफ्नो छोराको विषयमा सोध्द अभिभावक- मेरो छोरा इतिहास विषयमा कस्तो छ ? म त विद्यार्थी जीवनमा इतिहास विषयमा ज्यादै कमजोर थिए । शिक्षक - मलाई पनि त्यस्तै लाग्दैछ, इतिहास आफै दोहोरिन्छ भनेर । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्