नेभिगेशन
जीवनयापन

राष्ट्रिय एकतालाई बलियो बनाउन सेनाको महत्त्वपूर्ण योगदान : प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले देशको सुरक्षा र प्रतिरक्षा जस्तो महत्त्वपूर्ण जिम्मेवारी बोकेको नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन्। जङ्गी अड्डामा सञ्चालन हुने दुई दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९’ को शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । उनले नेतृत्व तहमा रहेका पदाधिकारीहरूको इमान्दारीबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुने भएकाले नेपाली सेनाप्रति नेपाली जनताको विश्वास र भरोसा कायम राख्न सेनालाई निर्देशन समेत दिए। साथै प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना एवं सञ्चालनको कार्यलाई अगाडि बढाइएको समेत बताए। जसले सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवर्द्धन गर्ने र मुलुकको राष्ट्रिय सुरक्षाका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने बताए। कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले शान्तिको समयमा सञ्चालन भएका विभिन्न तालिम एवं अभ्यासहरूले नै आपतकालिन परिस्थितिमा सहजतापूर्वक कार्य गर्न सकिने भएकोले नेपाली सेनाले आन्तरिक रुपमा तथा विदेशी सेनासँग सहकार्य गरी तालिम तथा अभ्यासहरू सञ्चालन गर्दै आइरहेको जानकारी गराएका थिए। साथै नेपाली सेना छिमेकी राष्ट्रहरूको सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राखेर राष्ट्रिय स्वार्थमा कुनैपनि किसिमको आघात हुन नदिन सतर्क रहँदै आएको जानकारी गराए
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै