नेभिगेशन
जीवनयापन

भरतपुरमा अटो र कार एकआपसमा ठोक्किँदा ८ जना घाइते

चितवन– भरतपुरमा अटो र कार एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन् । घाइते हुनेमा अटोचालक भरतपुर महानगरपालिका वडा नम्बर २१ का मनराज गुरुङ, अटोमा सवार भैरहवाकी विमला गुरुङ, सोही ठाउँका आयुश शाही, नवलपुर देवचुलीका रमिता गुरुङ, सोही ठाउँका सरोज सिंजाली मगर  र  सरुजा सिंजाली मगर रहेका छन् । यस्तै कारमा सवार पोखरा महानगरपालिका वडा नम्बर ४ का सिता गुरुङ र वडा नम्बर १० का शशि थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउँसो १ बजेर ५० मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित विकास चोकमा गितानगरबाट आउँदै गरेको ग ३ च नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको ना २ ह नम्बरको अटो आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै