नेभिगेशन
जीवनयापन

विदेशीलाई जुनसुकै बहानामा भएपनि नागरिकता दिनु हुँदैन्:  नेता तामाङ 

काठमाडौँ–  नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले नागरिकता विधेयकले विदेशीलाई नागरिकता बाँड्नका लागि प्रपञ्च भइरहेको बताएका छन् ।  रिपोटर्स क्लबमा आफ्नो धारणा राख्दै तामाङले यो वा त्यो बहानामा विदेशीलाई नागरिकता दिन नहुने बताए । उनले भने, ‘हामीले २०६२/६३ मा सही ग¥यौँ या गलत ग¥यौँ त्यो कुनै कालखण्डले मूल्याङ्कन गर्ला । तर, अहिलेको विधेयकले विदेशीलाई नागरिकता बाँड्नका लागि पसल खोल्ने काम गर्ने छ ।’ नेकपा एमालेले ल्याएको विधेयकमा नेपालमा बिहे गरी आउने विदेशी महिलालाई नागरिकता पाउनका लागि ७ वर्ष कुर्नु पर्ने प्रावधान भएको भन्दै तामाङले थपे, ‘अहिलेको विधेयकले आज बिहे गरेर आउँने, भोलि नागरिकता प्राप्त गर्ने र तेस्रो दिन डिभोर्स गरेर आफ्नो अभिष्ट पुरा गर्न सजिलो हुने छ।’ विदेशीलाई नागरिकता दिनका लागि जुनसुकै परिभाषा राखे पनि यो सहि र राम्रो काम नभएको तामाङको भनाइ छ। उनले एक पटक विदेशीलाई नागरिकता बाँडिएको भन्दै पुनः त्यस्ता कामहरू नदोहोर्याउने गरी काम गर्न आग्रह गरे । उनले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एमालेलाई मतदान गरेर देशमा स्थायित्वको ल्याउनु पर्नेमा जोड दिए। उनले भने, ‘स्वार्थका लागि गरिएको गठबन्धनले देशमा स्थायित्व र विकास नदिने पक्का भएको छ । एक पछि अर्को काम हेर्नु भयो भने आफ्नो स्वार्थका लागि काम भएका छन्, अब देशमा विकास र स्थायित्वको लागि नेकपा एमालेलाई मतदान गर्नुको विकल्प छैन्।’ 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै