नेभिगेशन
जीवनयापन

साफ च्याम्पियनशिप खेल्न भुटानको टोली नेपाल आइपुग्यो

काठमाडौँ– नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनशिपमा सहभागी हुन आज बिहीवार भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ । यही भदौ २१ देखि असोज ३ गतेसम्म त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आयोजना हुने साफ च्याम्पियनशिपमा सहभागिता जनाउनका लागि भुटानको टोली नेपाल आइपुगेको हो । साफ च्याम्पियनशिपमा सहभागिता जनाउन आउने भुटान पहिलो टोली हो । भुटानी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । च्यापियनशिपमा भुटान समूह ुबीु मा रहेको छ । भुटानको समूहमा श्रीलङ्का र नेपाल रहेका छन् । यस प्रतियोगितामा नेपालसहित सात टोलीले प्रतिस्पर्धा गर्ने तालिका रहेको छ तर केही समयअघि मात्र फिफाले अखिल भारत फुटबल महासङ्घलाई निलम्बन गरेसँगै प्रतियोगितामा भारतले सहभागिता जनाउँछरजनाउँदैन भन्ने निश्चित छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै