नेभिगेशन
जीवनयापन

भन्सार छलीका ७८ लाखभन्दा बढीको समान प्रहरीद्वारा बरामद

जनकपुरधाम– धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाबाट ७८ लाखभन्दा बढीको भन्सार छली गरेर ल्याएको सामानहरू बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको गस्ती टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नंं १ वाट ७३ लाख ४२ हजार ७ सय मूल्य बराबरको लत्ताकपडा लगायतका सामान बरामद गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी जानकारी दिए । प्रहरीको गस्ती टोलीलाई भन्सार छली गरेर ज १ च ११५१ नम्बरको पिकअपमा लोड गरेको अवस्थामा चालक गाडी छाडेर फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीको अर्को टोलीले जनकपुरधाम उपमहानगरपालिका वडा नंं १३ मा मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको १ लाख ११ हजार ६ सय ६० रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । यसैगरि जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ वाट ३ लाख ७१ हजार ५ सय रुपैयाँ बराबरको मोबाइलका डिस्प्ले लगायतका सरमानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले बरामद गरेको सबै सामानको मूल्य ७८ लाख २५ हजार ८ सय ६० रुपैयाँ बराबरको रहेकोमा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको पनि प्रहरीले जनाएको छ । साथै यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै