नेभिगेशन
जीवनयापन

प्रदेश नं १ को प्रदेश प्रहरी तालीम केन्द्रबाट ७ सय १४ जना प्रहरी जवान दीक्षित

सुनसरी– प्रदेश नं १ को प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३९औँ समूहको आधारभूत तालिममा सहभागी ७ सय १४ जना प्रहरी जवानहरू दीक्षित भएका छन् । २०७८ असोज १७ गतेदेखि सञ्चालित प्रहरी जवान १३९औँ समूहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात् आज १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । दीक्षान्त समारोहमा १ सय ५४ जना महिला सहित ७ सय १४ जना प्रहरी जवान दीक्षित भएका छन् । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा ५ सय २४ जना, १ नम्बर प्रदेश प्रहरी गण रानीमा ९८ जना र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीमा ९२ जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा संयुक्त रुपमा दीक्षित गरिएको हो । दीक्षान्त समारोहमा तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भई तालिमको दौरानमा प्रशिक्षार्थीहरूलाई नेपाल र नेपाल प्रहरी सङ्गठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र विद्यमान कानुन, प्रहरी युक्ति तथा कारबाही लगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी गराए। दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरूलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले शब्दमा शपथ ग्रहण गराएका थिए। प्रशिक्षार्थीहरूलाई तालिम अवधि भर लिइएको चरणगत परीक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान अच्युत राज राईसहित विभिन्न ९ विद्यामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरू र तालिममा सहभागी प्रशिक्षकहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले प्रमाण त्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गरे । दीक्षान्त समारोहका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक गिरीले अत्यन्त चुनौती एवं जोखिमले भरिएको यस मर्यादित प्रहरी पेसामा आफ्ना सन्ततिलाई प्रवेश गर्न हौसला प्रदान गर्नु हुने दीक्षित प्रहरीका परिवारजनमा आभार प्रकट गरेका छन् । उनले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापूर्वक, ईमान्दार र बफादारी भई उच्च मनोबलका साथ जनताको सेवामा खटिन दीक्षित प्रहरी जवानहरूलाई आग्रह गरे । उनले सा अवसरमा दीक्षित भएका प्रशिक्षार्थी प्रहरी जवानहरू मध्येका प्रथम हुने प्रहरी जवानलाई दर्ज्यानी चिन्हले सु–शोभन गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै