नेभिगेशन
जीवनयापन

भारतीय सेनाध्यक्ष पाण्डे भदौ १९ मा नेपाल आउँदै

काठमाडौँ — भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे अर्को साता नेपाल आउने भएका छन् । नेपाली सेनाका अनुसार पाण्डे ५ दिने भ्रमणको क्रममा भदौ १९ मा काठमाडौं उत्रने छन् । पाण्डे वैशाख १७ मा स्थल सेनाध्यक्ष भएका थिए । सेनाध्यक्ष भएपछि पाण्डेको यो पहिलो नेपाल भ्रमण हुनेछ । भम्रणकै क्रममा उनलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ सम्मान प्रदान गरिनेछ । उनी भारतीय सेनाका २९ औं स्थल सेनाध्यक्ष हुन् । यसअघि मनोज मुकुन्द नरवणे स्थल सेनाध्यक्ष थिए । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार नियमित कार्यक्रमअनुसार नेपाल आउन लागेको बताए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै