नेभिगेशन
जीवनयापन

सदगुरुको नेपाल कार्यक्रमको नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं–विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको नेपालमा हुने प्रवचन कार्यक्रम नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । ईशा फाउन्डेसन नामक मानवसेवी संस्थानका संस्थापकसमेत रहेका सदगुरुले ‘माटो जोगाऔँ’ अभियान विश्वभर सञ्चालन गर्दै आईरहेका छन् । जसअन्तर्गत नेपालमा यहि सेक्टेम्बर २ तारिख अर्थात भदौ १७ गते ललितपुर गोदावरीस्थित सनराइज हलमा करिव ३ हजार सहभागीको प्रत्यक्ष सहभागितामा हुने कार्यक्रमलाई प्रवचन दिन नेपाल आउन लागेका हुन् । उक्त सदगुरुको ‘सेभ सोईल’ अन्तर्गतको कार्यक्रमलाई लाइभ नेपाल नामक कम्पनीले बजार व्यवस्थापन गर्नेछ भने उक्त कार्यक्रमको आम जनमानसमा पुर्‍याउन टेलिभिजन तथा सामाजिक सञ्जाल मार्फत नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । जसको लागि लाइभ नेपालका अध्यक्ष दशरथ सुनार तथा नेपाल नेटवर्क टेलिभिजनका बजार व्यवस्थापन प्रमुख दिलीप तामाङले सम्झौतामा हस्ताक्षर गरेका छन् । विश्वभर माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित हुनुपर्ने कुराको प्रचारमा टेलिभिजन आफ्नो सामाजिक दायित्व पुरा गर्न प्रत्यक्ष प्रसारण गर्न लागेको नेपाल नेटवर्क टेलिभिजनले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै