नेभिगेशन
जीवनयापन

जसपा निकट समाजवादी युवा संघको अध्यक्षमा हेमन्त राई

काठमाडौं - सत्तारुढ जनता समाजवादी पार्टी नेपालको भ्रातृ संगठन समाजवादी युवा संघको केन्द्रीय अध्यक्षमा हेमन्त राई चयन भएका छन् । जनकपुर र काठमाडौं गरी दुई चरणमा सम्पन्न राष्ट्रिय भेलाले समाजवादी युवा संघको नयाँ नेतृत्वमा राईलाई चयन गरेको हो । समाजवादी युवा संघको केन्द्रीय नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका राई अहिले आदिवासी जनजाति युवा महासंघको केन्द्रीय अध्यक्ष, किरात राई यायोक्खाको केन्द्रीय सचिव तथा शैक्षिक विभाग प्रमुख र एसिया प्यासिफिक युथ प्लाटफर्म उपाध्यक्षको भूमिकामा सक्रिय रहेका छन् । सात वटै प्रदेश र क्षेत्र समेटेर समाजवादी युवा संघको २५ सदस्यीय केन्द्रीय पदाधिकारी सहित ६१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा संजिव कुमार यादव, निरज प्रधान, जितेन्द्र महरा तथा उपाध्यक्षमा असलम खान, श्याम शिल्पकार, दिनेश पटेल, शिवराम यादव र मुकेश कुशवाह चयन भएका छन् । त्यस्तै, दिलिप पटेल महासचिवमा चुनिएका छन् भने उपमहासचिवमा आतिश कुमारसिंह यादव, रेणु सिंह, रंजित गोस्वामी, अशोक मण्डल र सरोज यादवसहित संघको कोषाध्यक्षमा मनकला लिम्बु चयन भएका छन् ।ड
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै