नेभिगेशन
जीवनयापन

मकवानपुर र सप्तरीमा खोलामा डुबेर दुई जनाको मृत्यु

मकवानपुर- मकवानपुर र सप्तरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ चौकी टोलस्थित राप्ती खोलामा डुबेर सोही उपमहानगरपालिका-५ लट्रीनाथ बस्ने १५ वर्षीय समर लामाको बुधबार मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-४ अर्जि मझुवापुर बस्ने जितेन्द्र सिपलियाको ७ वर्षीय छोरा देविल सिपलियाको घर नजिकैको पोखरीमा डुबेर बुधबार मृत्यु भएको छ । घटनाहरुको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै