नेभिगेशन
जीवनयापन

बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताको बैठक जारी

काठमाडौं - सत्तारुढ दलका शीर्ष नेताहरूको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । आगामी संसदीय निर्वाचनको सिट बाँटफाँटको विषयमा सत्तारुढ दलहरूबीच सहमति जुट्न सकेको छैन । बैठकमा अहिले निर्वाचन र समसामयिक विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् । गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको छैन । बैठकमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ एक सय सिटमा दाबी गरेको छ भने अन्य दलहरुले ८० सिट मात्र दिन सकिने बताउँदै आएका छन् । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले जसरी पनि आफूलाई संघीय प्रतिनिधिसभामा २४ सिट चाहिने अडान लिएको छ । माओवादी केन्द्रले गठबन्धनका अन्य दलले ८५ सिट र कांग्रेसले ८० सिट लिएर चुनावमा जानुपर्ने प्रस्ताव राखेको छ । जसले गर्दा सिट बाँडफाँट कार्यदलले काम गर्न सकेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै