नेभिगेशन
जीवनयापन

‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न भारतसँग परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं - भारतीय सेनाको ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न परराष्ट्रमन्त्री डा. नारायण खड्काले आग्रह गरेका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत मन्त्री खड्काले ‘अग्निपथ’ योजनामा नेपाली युवा भर्ती नगर्न आग्रह गरेका हुन् । सबै दलको एकीकृत धारणा बनाउनु पर्नेभन्दै मन्त्री खड्काले तत्कालका लागि उक्त योजनामा नोपली युवालाई सहभागी नबनाउन भनेका हुन् । ‘अग्निपथ’ योजना भारतमै विवादित छ । ‘अग्निपथ’ योजनामा नेपाली युवालाई भर्ती गर्न भारतीय सेनाले आज बुटवलमा र भदौ १६ गते धरानमा प्रारम्भिक छनोट गर्ने तयारी गरेको छ । ‘अग्निपथ योजन’ यस योजना अन्तर्गत १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने बताइएको छ । चार वर्ष सेवा गरेपछि फेरि बेरोजगार हुने र यसबाट भविष्य बिग्रिने भन्दै यो योजनाको भारतमै विरोध हुँदै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै