नेभिगेशन
जीवनयापन

शिवराजको डीएनए जाँच गर्न उच्च अदालतको आदेश

काठमाडौँ– निहारिका प्रकरणमा डीएनए जाँच गर्न अदालतले आदेश दिएको छ। उच्च अदालत जनकपुरको कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतको घटनामा डीएनए जाँच गर्न आदेश दिएको हो। आफ्नो छोरा र आरोपितको डीएनए जाँचको माग गर्दै पटकपटक आन्दोलन तथा अनसन बस्दै आएकी निहारिकाको माग अनुसार डीएनए जाँच गर्न उच्च अदालतले आदेश दिएको हो। अदालतका न्यायाधीश न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले आरोपित शिवराज श्रेष्ठको र निहारिकाको डीएनए जाँच गर्न आदेश दिएको हो। प्रहरीले यसअघि नै शिवराजलाई पक्राउ गरेर अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर थुनामा राखेको छ। अदालतको आदेशसँगै अब डीएनए जाँच गर्ने बाटो खुलेको छ। शिवराजलाई भने यसअघि जिल्ला अदालत धनुषाले सफाई दिएको थियो। तर अदालतले गम्भीर त्रुटी गरेको भन्दै निहारिकाले डीएनए परीक्षणको माग गर्दै आएकी थिइन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै