नेभिगेशन
जीवनयापन

सधैँ वैदेशिक रोजगारलाई प्रवद्र्धन गर्ने कुरा उचित हुँदैन : उप्रेती

काठमाडौँ– वैदेशिक रोजगार बोर्डका नवनियुक्त कार्यकारी निर्देशक द्वारिका उप्रेतीले वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउने बताएका छन् । बुधबार काठमाडौंमा कार्यभार सम्हादै उप्रेतीले वैदेशीक रोजगारका गएकाहरुलाई सहज हुने गरि यस क्षेत्रलाई थप मर्यादित बनाइने बताएका हुन् । उनले देशको विकासका लागि युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्ने भएकाले सदैका लागि वैदेशिक रोजगारलाई प्रवद्र्धन गर्ने कुरा उचित नहुने बताए । उप्रेतीले कर्मचारी, राजनीतिक दलहरु र सरोकारवालाहरुलाई उदाहरणीय काम गरेर देखाउने र सवै कर्मचारीहरुको सहयोग आवश्यक रहेको धारणा राखे । यसअघि बसेको मन्त्रीपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै