नेभिगेशन
जीवनयापन

फेसबुक ह्याक गरेर पैसा ठगी गर्ने एक युवक पक्राउ

काठमाडौँ–  फेसबुक ह्याक गरेर पैसा ठगी गर्ने एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर व्युरले मोरङ पथरीका २० वर्षीय किरण पाठकलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार किरणले १८ जनाको फेसबुक ह्याक गरी विभिन्न बहाना पैसा ठगी गरेका थिए। पीडितको उजुरको आधारमा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक एवं प्रवक्ता पशुपति कुमार रायले जानकारी दिए। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई मोरङ प्रहरीको आवश्यक समन्वयमा उनी पक्राउ परेका हुन्। मंगलबार पक्राउ परेका उनलाई म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै