नेभिगेशन
जीवनयापन

१७ दिनदेखि बेपत्ता बस्नेत मृत फेला

दोलखा– दोलखाको विगु गाउँपालिका १ लामा बगरमा रहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याममा डुङ्गाबाट खसेर बेपत्ता भएका रामेछापका रमेश बस्नेतको शव बुधवार फेला परेको छ । नासा जलविद्युत कम्पनीको स्वामित्वमा निमार्णाधिन लप्ची खोला जलविद्युत आयोजनामा सवारी चालकको रुपमा कार्यरत रामेछाप उमाकुण्ड गाउँपालिका १ का २८ वर्षीय बस्नेत गत साउन २३ गते लप्ची खोला जलविद्युत आयोजनामा काम गरेर डुङ्गाबाट फर्कने क्रममा माथिल्लो तामाकोसी जल विद्युत् आयोजनाको ड्यामको पानीमा खसेर बेपत्ता भएका थिए । डुङ्गा रोक्ने क्रममा रुखमा ठोक्किँदा बस्नेत ड्यामको पानीमा खसेर १७ दिनदेखि बेपत्ता भएको र बुधवार नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले खोजतलासको क्रममा बस्नेतको शव भेटेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तामाङले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै