नेभिगेशन
जीवनयापन

समितिले निलम्बित प्रधानन्यायाधीश राणालाई सोधपुछका लागि भदौ १५ गते बोलायो

काठमाडौँ– महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणालाई सोधपुछका लागि भदौ १५ गते बोलाउने भएको छ। बुधबार बसेको समितिको बैठकले भदौ १५ गते ११ बजे बोलाउने निर्णय गरेको छ। समितिको बैठकले कार्यविधि पनि पारित गरेको छ। यस्तै, आरोपबारे प्रमाण संकलनका निम्ति पनि कार्यतालिका बनाइएको छ। महाअभियोग सिफारिस समितिले तीन महिनाभित्र आफ्नो काम सम्पन्न गर्नुपर्नेछ। प्रतिनिधिसभाले साउन १५ मा राणाविरुद्धको महाअभियोगको प्रस्ताव समितिमा पठाउने निर्णय गरेको थियो। सत्तारुढ दलले २१ आरोप सहित राणाविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै