नेभिगेशन
जीवनयापन

रहर की बाध्यता!

काठमाडौँ– नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आज जडिबुटी पुलदेखि भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्ससम्म सरसफाई गरेको छ । उक्त सरसफाई कार्यक्रममा एक जना यस्तो महिला पनि सहभागी भइन् । उनले पिठ्यूमा सानो बच्चा बोक्दै घाँस उखेलिरहेको देख्न सकिन्छ । यो उनको रहर वा बाध्यता त्यो त उनलाई नै थाहा होला ।  पछिल्लो समय काठमाडौँमा फोहोर नउठेपछि संघले विभिन्न स्थानमा सरसफाई गर्दै आएको छ । संघले यसअघि बानेश्वर, चाबहिल, गोंगवु लगायतका क्षेत्रमा सरसफाई अभियान चलाएको थियो । 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै