नेभिगेशन
जीवनयापन

तनहुँ र रघुगंगा जलविद्युत आयोजनामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ– प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तनहुँको तनहुँ जलविद्युत आयोजना र म्याग्दीको रघुगंगा जलविद्युत आयोजना निर्माणमा लागि देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले दुई जलबिधुत आयोजना निर्माणका क्रममा बिविध जटिलता देखिएको भन्दै आन्तरिक समन्वयमार्फत सवै समस्यालाई समाधान गर्दै निर्माणमा देखिएको समस्या हटाउन सरकारलाई निर्देशन दिएको हो । बैठकमा उक्त आयोजनाहरुको निर्माण अवस्थाका बारेमा अध्ययन गर्न गठित अनुगमन समितिले प्रतिवेदन बुझाएको थियो । आयोजनाको स्थलगत अनुगमन प्रतिवेदनको निस्कर्ष र सुझावहरुमा समावेश विषयहरुलाई यथाशीघ्र कार्यानवयन गर्नको लागि सम्बन्धित अन्तर मन्त्रालयहरुलाई निर्देशन दिइएको समिति सभापति पूर्ण कुमारी सुवेदीले जानकारी दिए । बैठकमा नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिभिन्न कारणले उक्त आयोजनाहरु समयमा नै सुरु हुन नसक्दा लागत नै महङ्गो पर्ने देखिएको बताए। बिभिन्न समस्या समाधानका प्रयास हुँदा पनि उक्त आयोजनाहरु निर्माण गर्न निकै कठिन भएको उनको भनाई छ । त्यस्तै सांसदहरुले आयोजनाहरु निर्माणमा ढिलाई भएका कारणहरुलाई राज्यले गम्भीर रुपमा लिनुपर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै