नेभिगेशन
जीवनयापन

कोटेश्वरमा दुई वटा सार्वजनिक गाडीमा तोडफोड, दाङमा टिपरमा आगजनी

काठमाडौं - काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडिको भागमा क्षति पुगेको छ । त्यस्तै भाटभटेनी अगाडि बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ । माइक्रोबसको अगाडिको सिसा फुटेको छ । बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले गाडी तोडफोड गरेको जनाइएको छ । बस तोडफोड गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । पठाओ चढेर आएका युवकले बस तोडफोड गरेको पाइएको उनले बताएका छन् । दाङमा टिपर आगजनी यता घोराहीबाट लमहीतर्फ जाँदै गरेको टिपरमा बिहानै आगजनी भएको छ । रा १ ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी भएको हो । प्रहरीका अनुसार चार-पाँच जनाको समूहमा आएकाले टिपरमा आगजनी गरी भागेको थिए भने आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेको टिपर आगजनी गर्नेको खोजी भईरहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्