नेभिगेशन
जीवनयापन

सादगी उपराष्ट्रपति जेफर्सन : एक प्रेरक प्रसङ्ग

अमेरिकाका उपराष्ट्रपति जेफर्सन धेरै साधारण भएर बस्थे । एक पटक उनी बाहिर गएका थिए तब उनी आफ्नो ओछ्यान काँधमा बोकेर एउटा होटलमा बस्नको लागि गए । होटल मालिकले साधारण मानिसलाई यहाँ बस्न दिँदा आफ्नो होटलको इज्जत जाने भन्दै कोठा खाली नभएको बहाना बनाएर उनलाई बस्न दिएन । जेफर्सन केही नभनी त्यहाँबाट हिँडे र अर्को होटलमा पुगे । तर पहिलेको होटल मालिकले उनको बारेमा थाहा पाएपछि ऊ हड्बढाउँदै गाडी लिएर उनलाई फर्काउनका लागि अर्को होटलमा पुग्यो । जेफर्सनले उनी आएको कारण थाहा पाएर उनीसँग नम्रतापूर्वक भने, ‘जुन होटलमा साधारण मानिस बस्नका लागि कुनै स्थान छैन, त्यहाँ उपराष्ट्रपतिलाई राख्ने स्थान कहाँ खाली होला ?’ उनी ती होटलवालासँग गएनन् । साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै