नेभिगेशन
जीवनयापन

कुलो विवादमा एकजनाको मृत्यु, बाबु छोरा पक्राउ

तौलिहवा– कपिलबस्तुमा सिँचाइ गर्ने कुलोको विवादबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगंज नगरपालिका २ पडरियाका ६८ वर्षीय अब्दुल जब्बार धुनिया रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेशी साहले बताए । स्थानीय ६३ वर्षीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षका सम्साद मुसलमानले धुनियालाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते धुनियाको कपिलबस्तु अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक साहले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै