नेभिगेशन
जीवनयापन

चिया पिउँदा हुन्छ यी फाइदा

चिया विश्वमा पानीपछि दोस्राे धेरै पिइने तरल पर्दाथ हो । झन् नेपालमा त हरेक घरमा हरेक मौसममा चिया पिउने गरिन्छ । नेपालीका लागि चिया दैनिक जीवनशैली भन्दा पनि संस्कृति बनिसकेको छ । प्रायः सबैले चिया पिए पनि कतिपय मानिसको सोंचमा चिया पिउनाले स्वास्थ्यमा खराबी गर्छ भन्ने मान्यता बसेको छ । तर सीमित मात्रामा चिया पिउँदा यसले स्वास्थ्यमा लाभ गर्दछ । यी हुन् चिया पिउँदा फाइदाहरु : - चियाले शरीरको आलस्यता भगाई मानिसलाई स्र्फुत राख्दछ । - अत्यधिक निन्द्रा लाग्ने मानिसले चिया पिएमा निन्द्रा भगाउन मद्दत गर्छ । - तलतल लाग्ने तथा भोक लागेमा समेत चिया उपयोगी हुन्छ । - क्याफिनेटेड तातो चियाले शरीरमा ग्लुकोमाको जोखिम कम गर्न मद्दत गर्छ । - कालो रङ्गको चियाले उच्च रक्तचाप कम गरी सामान्य अवस्थामा फर्काउँछ । - नियमित ग्रीन टी पिउँदा मोटोपना कम हुन्छ । - ग्रीन टीको नियमित सेवनले क्यान्सरसँग लड्ने शरीरको क्षमतामा वृद्धि हुन्छ । - क्याफिन नभएको हर्बल चिया पिउनाले शरीरमा रोगहरु लाग्ने सम्भावना कम हुन्छ । - दूध चिया पिउनाले मानसिक तनाव कम गरी मानिसलाई थकान कम गर्छ । र यो पनि, चिनिया“, आसामी र क्याम्बोड गरी तीन जातमा चियाको बोटलाई वर्गीकरण गरिएको छ । तयारी चियाका पनि तीन प्रकार हुन्छन् : कालो चिया, हरियो चिया, ओलाङ्ग चिया । कालो चियालाई अर्थोडक्स अर्थात पत्ति चिया र सिटिसि अर्थात धुलो तथा दानादार चिया गरी दुई किसिममा विभाजित गरिएको छ । नेपालमा सिटिसि चियाको उत्पादन झापा जिल्ला हुने गर्दछ भने इलामको पशुपतिनगरमा ग्रिन टिको उत्पादन हुन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै