नेभिगेशन
जीवनयापन

निकुञ्ज क्षेत्रमा वृद्ध मृत फेला

चितवन–माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन् । पचहत्तर वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन् । आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो । शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । वडा नं ३ बोटेसिमाराका उनी डुल्ने क्रममा गैँडाले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै