नेभिगेशन
जीवनयापन

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहट - जिल्ला प्रहरी कार्यालय रौतहटले २२० सीसीको दुई थान पल्सर मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मौलापुर नगरपालिका-१ का २५ वर्षीय सुनिल जयसवाल र यमुनामाई गाउँपालिका-३ का ३० वर्षीय महमद सन्नाउल्लह रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए । विशेष सूचनाको आधारमा पक्राउ परेका दुबै जन माथि चोरीसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थमाई थपअनुसन्धान सुरु गरिएको प्रवक्ता मल्लले बताएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै