नेभिगेशन
जीवनयापन

भवन बनेको तीन बर्ष बित्यो, रौतहट गुजराको प्रसूती गृह अझै सञ्चालनमा आएन

अखिलेशकुमार यादव/ रौतहट - रौतहटको गुजरा नगरपालिकामा भवन बनेको तीन वर्ष नाघिसक्दा समेत प्रसूति गृह अझै सञ्चालनमा आउन सकेको छैन । नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको सहयोगमा निमाणर् भएको उक्त भवन सञ्चालनमा आउन नसक्दा प्रसूति सेवा लिने स्थानीयवासी अन्यत्र जानुपर्ने बाध्यता अहिले सम्म कायमै रहेको छ । तीन वर्षअघि भवन निर्माणको काम सकिएको भए पनि गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनमा ल्याउन नसक्दा प्रसूति गराउन चन्द्रनिगाहपुर र वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको स्थानियले बताएको छ । स्थानियको अनुसार राती प्रसूति गराउनका लागि निकै समस्या हुँदै आएको छ । करिब ४१ लाखको लागतमा गुजरा नगरपालिका- २ को कटानी बजारमा उक्त भवन निर्माण गरिएको हो । यता गुजरा नगरपालिकाले अब चाँडै नगरपालिकाले प्रसूती गृह सञ्चालनमा ल्याउने बताएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै