नेभिगेशन
जीवनयापन

अदालतबाट १२ लाख जरिवाना तोकिएकी थापा पक्राउ

काठमाडौं - नेपाल प्रहरीले अदालतबाट १२ लाख रुपैयाँ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईइबी) ले उच्च अदालत पाटनबाट रु १२ लाख जरिवाना र तीन दिन कैद सजाय तोकिएका सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीय सविना थापालाई शनिबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । उच्च अदालत पाटनको २०७९ असार ७ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार थापालाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । थापाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको एनआईसी एसिया बैंक लिमिटेड भक्तपुर शाखाको चेक दिएर बैकिङजन्य कसुर गरेकी थिइन् । थापालाई जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आइतबार कैद भुक्तानका लागि कारागार कार्यालय सुन्धारा पठाइएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै