नेभिगेशन
जीवनयापन

विलियम शेक्सपिएरका केही अमर वाणीहरु

१) कर्मलाई वचनको अनुरुप र वचनलाई कर्मको अनुरुप बनाऊ । २) आफ्नो विवेकलाई नै आफ्नो शिक्षक बनाउ । शब्दलाई कर्मसँग र धर्मलाई शब्दसँग मेल गराउ । ३) आफ्ना विचारलाई आफ्नै कारावास नबनाऊ । ४) आफ्ना शत्रुका लागि आफ्नो भट्टीलाई यति नतताउनु कि त्यसले तिमीलाई नै भुट्न सकोस् । ५) वीरहरु एक पटक मात्र मर्दछन् । कायर बारम्बार मर्दछन् । ६) विवेक बहादुरीको उत्तम भाग हो । ७) जो क्षति भइसकेको छ त्यसको शोक गर्नु भनेको त्यसभन्दा बढी क्षतिलाई निमन्त्रणा दिनु हो । ८) जो लुटिएपछि पनि मुस्कुराउँछ उसले चोरको पनि केही चोर्दछ । ९) प्रत्येकको उपदेश सुन तर, आफ्नो उपदेश थोरै मानिसलाई देऊ । १०) जिब्रोले नबोले पनि अपराध बोल्दछ । ११) अज्ञान नै अहंकार हो । साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्