नेभिगेशन
जीवनयापन

अजीम प्रेमजीले पाएको सफलता

फोर्ब्स पत्रिकाका अनुसार विप्रोका अध्यक्ष अजीम हाशम् प्रेमजी भारतकै सबैभन्दा धनी व्यक्ति हुन् र उनीसँग १० अरब डलरभन्दा बढी सम्पत्ति छ । २१ वर्षको उमेर छँदा पिताको मृत्यु भएपछि प्रेमजीले कलेजको पढाई अधुरै छोडिदिए । उनलाई ७ करोड रुपैयाँको कम्पनी विरासतमा मिल्यो । उक्त कम्पनीमा वनस्पति घिउ, तेल र कपडा धुने साबुन बन्थ्यो । सन् १९६६ मा अजीम प्रेमजीले यो कम्पनी सम्हाल्दा उनी विल्कुलै अनुभवहीन थिए । उनी आफै भन्छन्, ‘म यसका लागि विल्कुलै तयार थिइनँ । मसँग केवल एउटा सपना थियो । एउटा ठूलो कम्पनी बनाउने सपना ।’ प्रेमजीले लक्ष्य बनाएर काम गरे । १९९८ मा विप्रोले देशकै शीर्षस्थ १० कम्पनीमा शामिल हुने पञ्चवर्षीय लक्ष्य बनाए । अजीम प्रेमजीको योग्यताको कमाल हेर्नुहोस् त विप्रोले यो लक्ष्य एक वर्षभित्रै हासिल गर्‍यो । प्रेमजी ज्ञानलाई धेर नै महत्व दिन्थे । उनी भन्थे, ‘सूचनाको युगमा मस्तिष्कको शक्ति नै सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो ।’ उनी हरेक हप्ता १० घण्टा भन्दा धेरै पढ्थे । उनलाई विशेष गरी मेनेजमेन्टको पुस्तक पढ्नमा रुची थियो । दुनियाँमा ज्ञान यति छिटो बढिरहेको अवस्थामा यदि तपाईं लगातार ज्ञान आर्जित गर्नु हुन्न भने तपाईं पछाडि पर्नु हुन्छ र दुनियाँ अगाडि बढिरहन्छ । यहि उनको मान्यता थियो । अजीम प्रेमजी आफ्नो कामलाई प्रेम गर्थे हरेक दिन १३ घण्टा काम गर्थे । उनको मान्यता यो छ कि मान्छेले मेहनत गरे मात्र उसको सपना साकार हुन्छ । मान्छेमा सपना छ र मेहनत गर्ने तथा सिक्ने इच्छा छ भने उसले नाम र दाम दुवै कमाउन सक्छ भन्ने कुरामा प्रेमजीको जीवन एउटा प्रत्यक्ष प्रमाण हो । साभार : ‘सफलता’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्